पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


सुर्खेत – पहिरोले जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो ।

दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेख कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन् ।

दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको बताइएको छ ।

 

प्रतिक्रिया