मन्थली जाँदै गरेको बस लिखुमा दुर्घटना, ७ जना घाइते


रामेछाप – रामेछापमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

जिल्लाको लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा आज बिहान अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बस खिम्ति केउरिनि हुँदै मन्थली जाँदै थियो । घाइतेलाई उद्धार गरी उपचारका अस्पताल लगिएको छ ।

प्रतिक्रिया