माओवादीबाट को–को बन्दैछन् नयाँ मन्त्री ?


काठमाडौं–सरकारमा रहेका तीनजना मन्त्रीलाई फिर्ता बोलाउने तयारीसंगै माओवादीबाट सरकारमा सहभागि हुने नयाँ मन्त्रीको खोजी सुरु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सरकारमा सहभागि हुने सम्भावित मन्त्रीलाई यसको संकेत दिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि आफ्ना तीनजना मन्त्री फिर्ता बोलाउने अन्तिम तयारी गरेको छ ।

माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको हो ।

कागजपत्रलाई प्राप्त जानकारी अनुसार माओवादीबाट उर्जामन्त्री बनेका शक्ति बस्नेत,सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ फिर्ता हुनेछ ।

यसको जानकारी प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई समेत गराइसकेका छन् ।

माओवादीमा नयाँ मन्त्रीका लागि दर्जन बढी आकांक्षी छन् । तर प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकबाट निर्वार्चित सांसद माधव सापकोटालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड सापकोटाले सदनमा खेलेको भूमिकाप्रति सन्तृष्ट रहेकाले उनलाई सञ्चार मन्त्रीको जिम्मेवारी दिने मुडमा पुगेका छन् । सापकोटा निकट स्रोतले उनी मन्त्री बन्न लागेको पुष्टि गरेको छ ।

यसबाहेक महेन्द्र शाहीलाई पनि मन्त्री बनाउने तयारी छ । उनलाई उर्जा मन्त्रालयमा पठाउने तयारी छ । उनले यसअघि पनि उर्जा मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।

स्रोतले भन्यो सापकोटा र शाही लगभग मन्त्री बन्ने पक्कापक्की जस्तै छ । मन्त्रीको दौडमा सिन्धुलीका राजन दाहाल पनि छन् । तर सापकोटा र दहाल दुवै वागमती प्रदेशका भएकाले एकजना मात्रै मन्त्री बनाउँदा सापकोटा मन्त्री बन्नेछन् ।

प्रधानमन्त्रीले माओवादीबाट केहीलाई राज्यमन्त्री समेत बनाउने तयारी गरेका छन् ।

उर्जा र सञ्चारमा माओवादीकै नयाँ मन्त्री बन्दा पर्यटनमन्त्री भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् ।

र यो पनि…

माओवादीले शक्ति बस्नेत,रेखा शर्मा र हितबहादुर तामाङलाई मन्त्रीबाट फिर्ता बोलाउँदै

प्रतिक्रिया