दिल्ली रक्सी घोटाला प्रकरणमा सीबीआईले गर्‍याे अरविन्द केजरीवाललाई पक्राउ


नयाँ दिल्ली – दिल्ली रक्सी घोटाला प्रकरणमा सीबीआईले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले उनलाई आज बिहान तिहाड जेलबाट राउज एभिन्यू अदालत लगेको हो ।

केजरीवाललाई भ्याकेसन बेन्चका न्यायाधीश अमिताभ रावतको समक्ष पेश गरिएको थियो । त्यसबेला  सीबीआईले उनको हिरासत मागेको थियो ।  उनी मदिरा नीतिलाई अनुमोदन गर्ने मन्त्रिपरिषद्को सदस्य भएकाले सीबीआईले  पक्राउ गरेकाे बताइएकाे छ ।

अनुसन्धान एजेन्सीले घुस लिएपछि दिल्लीको अन्तःशुल्क नीति २०२१-२२ मा सरोकारवालाको इच्छा अनुसार संशोधन गरेको आरोप लगाएको छ ।

केजरीवालका वकिल विक्रम चौधरीले यसको विरोध गरेका छन् । उनले भने- ‘केजरीवाललाई अर्को मुद्दामा न्यायिक हिरासतमा रहेका बेला सीबीआईले पक्राउ गरेको थियो । कुनै आदेश पारित भएको छैन र हामीलाई थाहा छैन । जसरी यस्तो गरिएको छ त्यो गम्भीर चिन्ताको विषय हो र संविधानको धारा २१ को उल्लङ्घन हो । अरविन्द केजरीवालको गिरफ्तारीको बारेमा हामीले मिडियाबाट थाहा पायौं। सीबीआईले दायर गरेको रिमाण्ड निवेदनको प्रतिलिपि पनि हामीलाई दिनुपर्छ भन्ने हाम्रो माग छ । ‘

प्रतिक्रिया