बिहानदेखिको वर्षाले बुटवल जलमग्न


बुटवल – बुधबार बिहानदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले बताएका छन् ।

गत वैशाखमा पनि एकै दिनको बाढीले बुटवलका व्यापारिक मार्गका पसलमा बाढी पसेको थियो ।

पाल्पाका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । निरन्तरको वर्षासँगै तिनाउ नदीमा बाढी आउने जोखिम रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा क्षेत्रमा पनि ठूलो पानी परेको छ ।

प्रतिक्रिया