कैलालीमा विद्यालय जाँदा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते


कैलाली– कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

घाइते बालिकालाई उपचारका धनगढी ल्याउने तयारी छ ।

प्रतिक्रिया