सेनाको गोली लागेर सिकारीको मृत्यु : जघन्य अपराध गरेको भन्दै संसदमा कड्किए एमाले सचेतक


काठमाडौं–अस्ति बारास्थित पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट एक जना सिकारीको मृत्यु भएको थियो । निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेनाले गोली चलाउँदा हेटौँडाका शुक्रबहादुर तितुङको मृत्यु भएको थियो । सेनामाथि उल्टै फायर खोलेपछि सेनाले जवाफी फायरिङ गरेको सेनाको दाबी छ ।

साेही विषयमा छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग राख्दै आइतबार प्रतिनिधिसभाको विशेष समयमा  एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखकाे ध्यानाकर्षण गराएका छन् ।

‘पर्सा बन्यजन्तु आरक्षका कर्मचारीहरुले, सुरक्षाकर्मीहरुले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे । गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे’ उनले भने, ‘त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियतान पनि नराखिकन छातिमा गोली ठोकेर हत्या गर्नेसम्मको ठूलो जघन्य अपराध भयो सम्माननीय सभामुख महोदय ।’

उनले दोषी सुरक्षाकर्मीहरुलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिक्रिया