बानेश्वरमा सुरु भयो कांग्रेस संसदीय दलको बैठक


काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ ।

संसदीय दलको बैठकले असार ९ मा बजेट पारित हुने दिन आफ्ना सबै सांसदलाई संसदमा उपस्थिति हुन निर्देशन दिने उनले बताए ।

प्रतिक्रिया