नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक अहिले आज बस्ने भएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद चर्किरहेका बेला संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको छ ।

उता एमालेकै माधव–झलनाथ खनाल समूहले भने राष्ट्रिय भेलाको दोस्रो दिन रहेकाले उपस्थित नहुने जनाएका छन् । आजका लागि अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने नेपाल पक्षले जनाएका छन् ।

 

प्रतिक्रिया