एकाबिहानै दार्चुलामा भूकम्पको धक्का महसुस


काठमाडौं – दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो ।

पश्चिमका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

प्रतिक्रिया