बुटवलको व्यस्त बजारमा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी


बुटवल — बुटवलको व्यस्त बजार मिलन चोकमा भीषण आगो लागेको छ ।

बुटवल उपमहानगरपालिकाको मिलनचोकमा रहेको डेल्टा हाउसमा रहेको नेपाली जुत्ता घरमा भिषण आगो लागेको जनाइएको छ ।

आगो लाग्दा ग्यासको सिलिण्डर पड्किएको आवाज समेत आएको स्थानीयले जनाएका छन् ।

आगो नियन्त्रणका लागि उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय परिचालन भए पनि नियन्त्रणमा लिन भने सकिएको छैन ।

(विस्तृत विवरण आउन बाँकी)

प्रतिक्रिया