कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै


काठमाडौं — नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया