करेन्ट लागेर तीन जनाको मृत्यु


काठमाडौं– इलाम,सिराहा र धादिङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

इलाम, फाकफोकथुम गाउँपालिका–६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मृत्यु भएको छ । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

सिराहा, लहान नगरपालिका–२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मृत्यु भएको  छ । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङ, धुनिवेशी नगरपालिका–५ फुरौलेस्थित टिनको छाप्रोमा विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मृत्यु भएको छ ।

प्रतिक्रिया