राहुल गान्धीले वायनाड छाड्ने, बहिनीलाई उम्मेदवार बनाउने


काठमाडाैं- भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने भएका छन् ।

राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जितेका थिए । अब गान्धीले वायनाडको सिट खाली गर्ने र  उनकी बहिनी प्रियङ्का गान्धीलाई त्यहाँको उपचुनावमा उम्मेदवार बनाउने भारतीय कांग्रेसले जनाएको छ ।

कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रियङ्का गान्धी वायनाडबाट चुनाव लड्ने घोषणा गरेकाे बीबीसी हिन्दीले जनाएको छ ।

प्रियङ्का गान्धीले उम्मेदवारको रूपमा पहिलो पटक चुनावमा भाग लिँदैछिन् ।

प्रतिक्रिया