सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सुवेदी र चुडालको संसदीय सुनुवाइ प्रक्रिया सुरु


काठमाडौँ – सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिले न्याय परिषदद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो । समितिले सो सम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ ।

समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरुविरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

प्रतिक्रिया