इनार खन्नेक्रममा निस्सासिएर दुई जनाको मृत्यु


सुर्खेत – इनार खन्नेक्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार ख‍न्नेक्रममा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल रहेका छन् । सोमबार इनार खन्नेक्रममा निस्सासिएर उनीहरु बेहोस भएका थिए।

बेहोस भएपछि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो।

प्रतिक्रिया