रोजगारीका लागि ११ महिनामा बिदेसिए ६ लाख ८२ हजार


काठमाडौँ – चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ ।

चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।

गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

विभागले रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको छ भने युएई पहिलो श्रम गन्तव्य बनेको छ ।

प्रतिक्रिया