घरमै बसिरहेका बेला चट्याङ लागेर दुई जनाको मृत्यु


काठमाडौं- पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्तकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

गएराति घरमै बसिरहेका उनलाई बेला चट्याङले लागेको थियो । गम्भीर घाइते पन्तलाई उपचारको लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए ।

यस्तै मकवानपुर राक्सिराङ गाउँपालिका- २ थुम्की का ४५ को वीरबहादुर प्रजा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लाग्न गई घाइते भएका थिए।

उनलाई आज बिहान पौने ८ बजे हेटौडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया