शान्ति मिसनबाट फर्किएको प्रहरी टोलीलाई सम्मान


काठमाडौं – प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन) को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ ।

शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन् ।

शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो । एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ ।

सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया