पूर्वराष्ट्रपति भण्डारीले गरिन् एमालेको सदस्यता नवीकरण


काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् ।

सात वर्ष राष्ट्रपति भएकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन् ।

स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन् ।

उनी २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी थिइन् । यसैबीच उनी पार्टीको कार्यक्रममा सहभागि हुन उत्तरी छिमेकी चीनको भ्रमण जाने बताइएको छ ।

प्रतिक्रिया