सुदूरपश्चिमका अर्थमन्त्रीको दाबी : बजेट विगतको भन्दा राम्रो छ


काठमाडौं– सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट विगतको भन्दा राम्रो र सन्तुलित भएको प्रतिक्रिया दिएका छन् ।

आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले यस्तो बताएका हुन ।

प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएको उनको दाबी छ ।

मन्त्री पालले शनिबार सदूरपश्चिम प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया