२०४६ पछि काठमाडौंमा सबैभन्दा बढी गर्मी


काठमाडौं – यो वर्ष काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको पाइएको छ । शनिबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस थियो । मौसमविद्हरुका अनुसार २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।
काठमाडौंमा २०४६ साल वैशाख २५ गते अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजोको गर्मी १९८९ पछिकै उच्च हो ।

प्रतिक्रिया