नागरिक उन्मुक्तिकी नेतृ यादवको धम्की, ‘घुस नदिए सबै सरकारी काम रोकेर घर भत्काइदिन्छु’ (भिडियोसहित)


बर्दिया – रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एवं बर्दिया जिल्लाको आवास कार्यक्रमकी संयोजक ममता यादवले आवास कार्यक्रमको रकममा अनियमितता गरेको खुलेको छ ।

यादवमाथि गुलरिया नगरपालिका वडा नं. २ हनुमाननगरमा गरिब परिवारका लागि उपलब्ध गराइएको लुम्बिनी प्रदेश सरकारको आवास परियोजनाअन्तर्गतको आवास निर्माणका क्रममा घुस लिएको आरोप लागेको हो ।

केन्द्रीय सदस्य ममताले गरिबहरुका लागि छुट्याइएको बजेटअन्तर्गतको आवास कार्यक्रमबाट स्थानीयसँग २५ हजारदेखि ३५ हजारसम्म घुस लिएको खुलेको छ । उनले पूरा रकम नदिएमा सरकारी काम रोक्दिने वा घर नै भत्काएर समेत लैजानेसमेत धम्की दिएको स्थानीयले जनाए ।

भिडियोः

 

प्रतिक्रिया