

माओवादीका मुख्यमन्त्रीलाई दिएको समर्थन एमालेले लियो फिर्ता, महेन्द्र शाहीको सत्ता धरापमा

काठमाडौं — नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले ५ दिनभित्र फिर्ता हुन निर्देशन दिएको हो ।
संसदीय दलको बैठकले एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको एमाले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहीले बताए ।
यससँगै माओवादी केन्द्रका तर्फबाट मुख्य मन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता संकटमा परेको छ ।

