भारतीय पर्यटक आउँदा नेपालमा डाका पसेको जस्तो व्यवहार गरिन्छ : सांसद राणा


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए । ‘हामी छिमेकी मुलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ।  अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल वगलमा छन् । तर हामीले सहजीकरण गर्दैनौँ ‘, उनले भने, ‘ ल्याण्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदाखेरी नेपालमा डाका पसेको जस्तो व्यवहार गरिन्छ। दश ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ ।’

उनले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भारतीय हजार र पाँच सय रुपैयाँको नोट ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गरे।

प्रतिक्रिया