अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर


काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दामा तीनवटै अभियोगमा दोषी ठहर गरिएको छ ।

बीबीसीका अनुसार १२ सदस्यीय जुरीले सन् २०१८ मा हन्टर हन्टरले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागुऔषध प्रयोगबारे गलत जानकारी दिएको निष्कर्ष निकालेको हो । जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ ।

हन्टर बाइडेनले अपराध स्वीकार गरेका थिएनन् । उनीविरुद्ध झुटा बयान दिएको २ अभियोग र अवैध बन्दुक राखेको एउटा अभियोग थिए । उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस ‘हाई प्रोफाइल’ मुद्दामा दोषी ठहर गरिएको हो ।

प्रतिक्रिया