घाँस काट्दा रुखबाट खसेर साँखरकी सिर्जनाको मृत्यु


पोखरा — घाँस काट्ने क्रममा रूखबाट खसेर स्याङ्जामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा ७, साँखरकी ३५ वर्षीया सृजना ढकाल हुन्।

बुधबार बिहान करिब ७ बजे आफ्नै बारीको पीपलको रूखमा चढेर घाँस काट्ने क्रममा उनी खसेकी थिइन्।

गम्भीर घाइते उनलाई रामपुर अस्पताल लगिएकोमा चिकित्सकले बिहान साढे ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले बताए।

 

प्रतिक्रिया