सांसद सिंहको माग-विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ


काठमाडौं- सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयहरूमा रहेका व्यवस्थापन समितिहरू खारेज गर्न माग गरेका छन् ।

मंगलबार विनियोजन शीर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र नेतालाई मात्र फाइदा पुगेको तर शिक्षा क्षेत्रमा विकास गर्न नसकेको भन्दै खारेज गर्न माग गरेका हुन् ।

‘सामुदायिक विद्यालयहरूमा रहेको विद्यालय व्यवस्थापन समितिहरूले शिक्षा क्षेत्रलाई ध्वस्त गरेको छ । यसले कुनै पार्टी, कुनै राजनीति दललाई फाइदा भएको होला तर देशको शिक्षालाई फाइदा भएन’ उनले भने ।

 

प्रतिक्रिया