‘फ्लोर क्रस’ गर्नेमाथि माओवादीले कारबाही अगाडि बढाउने


काठमाडौँ – नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटामाथि कारबाही अगाडि बढाउने भएको छ ।

माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटामाथि कारबाहीको प्रक्रिया आजैदेखि सुरु हुने बताएका बताएका हुन् ।

माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको देवकोटा माओवादी संसदीय दलमा रहेको र माओवादीको ह्विप नमानेको भन्दै उनीमाथि पार्टीले कारबाही गर्ने नेता चुमानले प्रष्ट्याए ।

माओवादीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन ह्विप जारी गरेको थियो । तर, देवकोटाले ह्वीपविपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया