नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गर्ने थापा पक्राउ


काठमाडौं – नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोपमा कास्कीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापा छन् ।
थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भन्दै बाग्लुङका १९ वर्षीय युवकलाई ठगेको खुलेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका–५ जिरोबाट पक्राउ गरेको हो । उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनमुति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया