‘भगवानको प्रसाद’ भन्दै नशालु पदार्थ खुवाएर बलात्कार उपसचिव पक्राउ


काठमाडौं – बलात्कार आरोपमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह पक्राउ परेका छन् । पक्राउको तयारी भएको बेला साहले गत शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा आत्मसमर्पण गरेका हुन ।
स्रोतका अनुसार उनले गत माघ १८ गते मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई एक महिलामाथि बलात्कार गरेको आरोप छ ।
महिलाका श्रीमान घरमा नभएको बेला उनले पेडा खुवाएको बताइएको छ ।
पीडित महिलाले गत वैशाख पहिलो बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जोहरीपछि साह फरार भएका थिए ।

प्रतिक्रिया