तराईमा अझै केहीदिन ‘लू’ चल्ने सम्भावना


काठमाडाैं- जल तथा मौसम विज्ञान विभागले आउँदो केही दिनसम्म तराईमा ‘लू’ अर्थात् ताताे हावाकाे लहर चल्ने जनाएको छ । तराईमा अझै केहीदिन अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।

विभागकी मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् ।

‘तराईका भू–भागमा केही दिन तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ’  विभागले भनेको छ ।

 

प्रतिक्रिया