टी–२० विश्वकपः युगान्डा १ सय ३४ रनले पराजित, वेस्टइन्डिजको लगातार दोस्रो जित


काठमाडाैं- टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान भएको खेलमा वेस्टइन्डिजले युगान्डालाई १ सय ३४ रनले पराजित गरेकाे छ । यसअघि वेस्टइन्डिजले पहिलो खेलमा पिएनजीलाई ५ विकेटले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

उसका लागि जोनसोन चार्लेसले ४४ रन बनाउँदा आन्द्रे रसेल ३० रनमा नटबउट रहे । त्यस्तै थप दोहोरो स्कोरका रुपमा निकोलस पुरनले २२ रन बनाउँदा रभमन पवेलले २३ रन बनाए ।

जवाफमा १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा निर्धारित १२ ओभरमा ३९ रन जोड्दा अलआउट भयो । उसका लागि जुमा मियागीले १३ रनको नटआउट इनिङ खेल्नु एकमात्र दोहोरो स्कोरका रुपमा रह्यो ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा अकिल होसेनले ५ विकेट लिएका थिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेस मोटाइले १–१ विकेट लिए। त्यस्तै अल्जारी जोसेफका नाममा २ विकेट रह्यो ।

प्रतिक्रिया