सतिशकुमार: गाउँपालिका अध्यक्ष हारे, मुख्यमन्त्री भए


काठमाडाैं- मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २ (१) बाट निर्वाचित भएका थिए ।

उनी यसअघि २०७५ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा भने उनी सोही गाउँपालिकाकाे अध्यक्षमा पराजित भए । कांग्रेसका अरुणकुमार मण्डलबाट उनी पराजित भएका थिए ।

तर, सोही वर्षको आम निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार भएका सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा प्रदेशसभा निर्वाचित भए । उनी लोसपाका नेता एवम् राष्ट्रियसभा सांसद शेखर सिंहका माइला पुत्र हुन् ।

 

प्रतिक्रिया