मधेश सरकार गठनका लागि दाबी समय १० बजे सकिँदै


काठमाडौं – मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय शुक्रबार बिहान सकिँदै छ।

प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादवनेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो।

यसैबीच ६ दलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन्।

६ दलीय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ । जनमतले सांसद सतीशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।

६ वटै दलको बैठकले बिहान ७ बजे सरकारको दाबी पेश गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया