मोदीको शपथ समारोहमा सहभागी हुन प्रचण्ड भारत जाने


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार छिमेकी मुलुक भारत जाने भएका छन् ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको कर्मचारी स्रोतले बतायो ।

शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।

 

प्रतिक्रिया