रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु


रुकुम पश्चिम-  भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।

बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए । कुलोबाट खेतमा पानी लगाएर फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लडेकाे रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए ।

गम्भीर घाइते भएका खड्कालाई जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया