विराटनगरमा रोकेर राखिएको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


विराटनगर-  मेचीनगर-१२ धाइजनमा स्कुटर र बोलेरो जिप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटर राजमार्गको बायाँ साइडमा बिग्रिएर राखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपमा ठोक्किँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्कुटी चालक झापा, बुद्धशान्ति गाउँपालिका वडा नम्वर–५ बस्ने वर्ष अन्दाजी २५ का लिलाप्रसाद ढुंगेल र सोही स्कुटरको पछाडि सवार इलाम रोङ गाउँपालिका–५ बहुवन बस्ने अन्दाजी वर्ष २९ का चेतन रिजाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्कुटर र पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया