कैलालीमा हावाहुरीका कारण एकको मृत्यु


काठमाडौं – कैलालीमा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका– १ विशालनगरका १५ वर्षीय प्याउरी विक छन् । हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढली निजको गर्धनमा हाँगा लागि च्यापिन गई उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

प्रतिक्रिया