विराटनगरमा एक पुरूषले गरे पेट्रोल खन्याएर आत्मदाहको प्रयास


मोरङ – विराटनगरमा एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् ।

घटना विराटनगर–७ हरियाली टोलमा भएको हो । आगोले शरीर जलेर कामत गम्भीर घाइते भएका छन् ।

कामतको शरीरको ७० प्रतिशत भाग जलेको छ ।

उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया