कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु


कैलाली- कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएकाे छ ।

प्रदेश प्रहरीका अनुसार मङ्गलवार राति म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का  तिरुवाको मृत्यु भएको हाे ।

उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकको मृत्युपछि  पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरिएको थियाे । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको हो । अहिले उक्त सडक सुचारु भइसकेको इलका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए ।

 

प्रतिक्रिया