बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वंयमसेविकाको मृत्यु


बैतडी- बैतडीको शिवनाथमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शिवनाथ गाँउपालिका–०५ कफाडीकी ३४ वर्षीया बिन्दु चन्दको भिरबाट खसेर मृत्यु भएको गाँउपालिका प्रवक्ता केशबबहादुर चन्दले बताए ।

मंगलबार बिहान घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक चन्द सामुदायिक महिला स्वंयमसेविका हुन् । उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत रहेकी थिइन् ।

प्रतिक्रिया