हिमाल आरोही निर्मल पुर्जालाई नेपाल आउन बन्देज गर्नुपर्‍यो : सांसद बजगाईँ


काठमाडाैं- हिमाल आरोही तथा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले कीर्तिमानी आरोही निर्मल पुर्जामाथि बलात्कारको आरोप लगाएको विषयमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईँले न्यूर्योक टाइम्सले पुर्जाले यौन दुर्व्यवहार गरेको समाचार छापिएको बताउँदै नेपालका लागि असाध्यै नराम्रो समाचार रहेको बताए ।  ‘कहिले डोरी टाङ्ने शेर्पाहरूलाई डोरी काट्यो भनेर बदनाम गर्ने, कहिले नेपाली नागरिकतामा हिमाल चढ्ने, पछि आफ्नो नागरिकता सरेन्डर गर्छन् । यस्ता व्यक्तिलाई नेपाल सरकारले वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्‍यो ’ उनले भने ।

३५ वर्षीया लोता हिन्स्टाले  काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबर्जस्ती वस्त्रहरु खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

प्रतिक्रिया