ऊर्जा मन्त्रीमा कृष्णा केसी नियुक्त


काठमाडौँ – लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् ।

लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ ।

मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।

प्रतिक्रिया