नेपालले टी–ट्वान्टी विश्वकपमा ‘सरप्राइज’ दिनसक्छ : पूर्व क्रिकेटर गिलक्रिस्ट


काठमाडाैं- अष्ट्रेलियाका महान विकेटकिपर एडम गिलक्रिस्टले आगामी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सले बंगलादेश र श्रीलंका जस्ता टोलीलाई चकित(सरप्राइज) पार्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

जारी टी–ट्वान्टी विश्वकपमा नेपाल र नेदरल्यान्ड्स समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंकासँग परेका छन् । रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीका युवा खेलाडीहरूले पाएको अन्तर्राष्ट्रिय प्रदर्शनले आफूलाई बलियो इकाई बनाएको गिलक्रिस्टको विश्वास छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीका युवा खेलाडीहरूले पाएको अन्तर्राष्ट्रिय प्रदर्शनले आफूलाई बलियो इकाई बनाएको गिलक्रिस्टको विश्वास छ ।

गिलक्रिस्टले शनिबार सेन रेडियोलाई  अन्तर्वाता दिँदै भनेका थिए, ‘मलाई लाग्छ नेपाल एउटा यस्तो टोली हुनेछ जसले गोली चलाउन सक्छ । उनीहरूसँग केही युवा खेलाडीहरू छन् जो धेरै वर्षदेखि सबै ठूला लिगहरूमा रहेका छन् ।’

यद्यपी नेपालका लेग स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन दोस्रो पटक अस्वीकृत भएपछि विश्वकप अघि नै ठूलो झट्का लागेको उनले बताए ।

आइतवारबाट सुरु भएको विश्वकप क्रिकेटमा सहभागी २० टीमलाई ४ समूहमा बाँडिएको छ । जसमा प्रत्येक समूहमा ५–५ टीम रहेका छन् ।  नेपाल रहेको समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ भनिएको छ । ‘ग्रुप अफ डेथ’ को अर्थात्ज हाँ ठूला टीम अपेक्षाकृत कमजोर टीमसँग पराजित हुने खतरा हुन्छ ।

 

 

प्रतिक्रिया