विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा


काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि न्युट्रल भेन्यु अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।

नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् यही जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । खेल नेपाली समयानुसार राति ९:४५ बाट सुरु हुनेछ।

नामावली :

प्रतिक्रिया