‘नेपालका दुई कुशल विश्वकपमा बन्नसक्छन् विपक्षीका लागि खतरा’


काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोली टि–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा छ । समुह समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्डस्संग खेल्नेछ । दोस्रो खेल ११ जुनमा श्रीलंकासँग ,तेस्रो खेल १४ जुनमा दक्षीण अफ्रिकासंग,चौथो खेल बंगलादेशसंग १६ जुनमा खेल्नेछ ।

विश्वकप तयारीका लागि नेपाली टोली १ महिनाअघि नै अमेरिका पुगेको थियो । एसोसिएट राष्ट्रको बलियो युवा टोली नेपालले गर्ने प्रर्दशनमा दुई कुशलका भूमिका महत्वपूर्ण हुनेछ ।

दायाँहाते ओपनर कुशल भुर्तेल र मध्यक्रममा ब्याटिङ गर्ने अलराउण्डर कुशल मल्ल नेपालका महत्वपूर्ण खेलाडी हुन । दुवैको विशेषता भने विपक्षी टोलीको बलिङमाथि धावा बोल्नु हो । क्रिकेट समर्थकका अनुसार उनीहरुले आफ्नो क्षमताअनुसारको प्रर्दशन गरे विपक्षी टोलीका लागि खतरा बन्नसक्छन् ।
उनीहरुको ब्याट चलेमा जुनसुकै टोलीलाई नेपालले मात दिनसक्ने क्रिकेट समर्थकहरुको विश्वास छ ।

कुशल भुर्तेल
२७ वर्षीय भुर्तेल नेपाली टोलीको ओपनर ब्याट्सम्यान हुन । उनले हालसम्म ४२ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् ।
जसमा १३० को स्ट्राइक रेटमा १ हजार ८१ रन बनाएका छन् । १ शतक र ८ अर्धशतक भुर्तेलको नाममा छ । खासगरी गत संस्करणको एसिया कपमा भुर्तेलले भारतविरुद्ध गरेको प्रर्दशनपछि उनको चर्चा अन्तराष्ट्रिय स्तरमा बढ्दो छ ।

उनी आक्रामक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । उनी नेपाली टोलीको पार्ट टाइम स्पीनर समेत हुन् । उनले टि–२० का ८ इनिङमा बलिङ गर्दै १० विकेट लिएका छन् । उनको बलिङ इकोनमी छ भन्दा कम छ । जुन टि–२० क्रिकेटमा उत्कृष्ट मानिन्छ ।

कुशल मल्ल
बाँया हाते ब्याट्सम्यान कुशल मल्ल मध्यक्रमका आक्रामक ब्याट्सम्यान हुन । उनले प्रहार गरेको छक्का हेर्नलायक हुन्छ ।
उनले ६५ टि–२० इनिङमा १६७ को स्ट्राइक रेटमा ७७१ रन बनाएका छन् । १ शतकसहित ४ अर्धशतक प्रहार गरेका मल्लको आफ्नो करियरमा चौकाभन्दा बढी छक्का प्रहार गरेका छन् । उनले टि–२० अन्तराष्ट्रियमा ४२ चौका प्रहार गर्दा छक्का भने ६० प्रहार गरेका छन् ।

उनी आफ्नो लयमा भए जुनसुकै बलरमाथि हावि हुनसक्छन् । फसेको खेललाई उनी एक्लैको बलमा फर्काउनसक्ने क्षमता अलराउण्डर मल्लमा छ ।
उनले बलिङतर्फ २५ इनिङमा १९ विकेट लिएका छन् । उनको इकोनमी ६ भन्दा केही माथि मात्रै छ । जुन टि–२० मा उत्कृष्ट मानिन्छ ।

प्रतिक्रिया