

विश्वकप खेल्ने नेपाली टोलीको स्वागतमा देखिएको ‘अस्वाभाविक’ दृश्य !

काठमाडौं – टी–२० विश्वकप खेल्नका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए) ले अमेरिकामा स्वागत गरेको छ ।
नेपाली टिमको स्वागत र शुभेच्छाका लागि आयोजना गरेको रात्रीभोज कार्यक्रममा एनआरएनले सार्वजनिक गरेको तस्बिरमा भने आम क्रिकेटप्रेमीहरुले आपत्ति जनाएका छन् ।
नेपाली राष्ट्रिय खेलाडीहरुलाई अगाडि राखेर एनआरएनका पदाधिकारीहरुले कैद गरेको तस्बिरमा खेलाडीको अगाडी देखिएको पेय पदार्थसहितको टेबुललाई क्रिकेटप्रेमीहरुले अस्वाभाविक मानेका छन् ।
‘विश्वकपका लागि गएका खेलाडीहरुलाई स्वागत गरेका हुन् कि आफूहरु जाँड खाने बहाना बनाएका हुन्,’ उनीहरुले सामाजिक सञ्जालमा राखेको तस्बिरमा कमेन्ट गर्दै एक क्रिकेटप्रेमीले लेखेका छन् ।
नेपालले पहिलो खेल नेदरल्याण्डसँग जुन ४ मा खेल्दैछ ।
नेपाल विश्वकपको समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेको छ ।

