बजेटलाई पूर्णरूपमा समर्थन गर्दै पारित गर्नेछौँ : ओली


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भने । “बजेटलाई हामी पूर्णरूपमा समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,” उनको भनाइ उद्धृत गर्दै दलका एक जना सदस्यले भने ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भए नभएको निक्र्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए । उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए ।

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए ।

प्रतिक्रिया