उखुको जुसबारे नयाँ चेतावनी जारी


नयाँ दिल्ली – गर्मी सहनै नसक्ने भएपछि मानिसहरू राहतका लागि जुस र चिसो पेयतिर लाग्छन् । जुसमा पनि धेरैको रोजाई सस्तो हुने भएकोले उखु नै रोज्छन् ।

यसैबिच भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले उखुको जुसबारे नयाँ चेतावनी जारी गरेको छ । उखुको जुसमा उच्च मात्रामा चिनी पाइने भन्दै स्वास्थ्यको दृष्टिले कम उखुको जुस खान भनिएको छ ।

स्वस्थबद्र्धक खानपिन व्यवहारलाई बढवा दिन हालै आईसीएमआरले राष्ट्रिय पोषण संस्थान ९निन०सँग मिलेर १७ ओटा नयाँ निर्देशिका जारी गरेको थियो । उखुको जुसमा गुलियोको मात्रा अत्यधिक मात्रामा हुने निर्देशिकामा भनिएको छ । हरेक सय मिलिग्राम उखुको जुसमा १३ देखि १५ ग्राम चिनी हुने बताइएका छ । गर्मीको समयमा उखुको जुस निकै खाइने भएपनि यसमा भएको चिनीको उच्च मात्राका कारण यो अस्वस्थकर रहेको र खपत कम गर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

वयस्कहरूले एक दिनमा ३० ग्राम भन्दा धेरै चिनी खान नहुने स्वास्थ्य विज्ञहरू बताउँछन् । ७ देखि १० वर्षसम्मका बालबालिकाहरूलाई दिनमा २४ ग्रामभन्दा बढी चिनी नखान भनिएको छ । आईसीएमआरले फलफूल खाँदा पनि बुस भन्दा पनि पूरै फल खान भनेको छ । पूरै फलमा फाइबर हुने भएकोले पनि जुस बनाएर खानु भन्दा सिंगै फल खान भनिएको छ । एजेन्सी

प्रतिक्रिया